यात्रुवाहक गाडीलाई रुट परमिट खुला, अत्यावश्यकबाहेक ठूला गाडी सञ्चालनमा रोक

काठमाडौं, २१ असोज । यातायात व्यवस्था विभागले बिहीवारदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गरेको छ ।

दशैंको समयमा हुने यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिन रुट परमिट खुला गरेको हो ।

दशैंका लागि आवतजावत सजिलो पार्न यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने व्यवस्था गरेको हो ।

यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ । सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here