रक्तचाप कम गर्न स्याउ, अङ्गुर, बेरी र चिया

काठमाडौं । शरीरमा बढेको रक्तचापलाई कम गर्नका लागि स्याउ, अङ्गुर, बेरी र चिया खान सल्लाह दिइन्छ ।

क्याम्ब्रिज विश्वविद्यालय, रिडिङ विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालय डेविस र मार्सले मिलेर गरेको अनुसन्धानअनुसार यी खानेकुरामा पर्याप्त फ्लाभेनल्स हुन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छ ।

बेलायतमा २५ हजार मानिसमा गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताहरूले सबैको रगत जाँच गरेका थिए । यसबाट, उनीहरूको आहार, मेटाबोलिजम कस्तो छ र आहारमा फ्लाभेनल र अन्य पोषक तत्वहरूको मात्रा कस्तो छ भनेर पत्ता लगाइएको थियो ।

शोधकर्ता हेगेलका अनुसार अध्ययको लागि फ्लाभेनल १० प्रतिशत कम भएको र फ्लाभेनल १० प्रतिशतभन्दा बढी भएको मानिसमा विश्लेषण गरिएको थियो । फ्लाभेनलको मात्रा पर्याप्त भएका मानिसमा मुटुरोगको समस्या कम थियो ।

रिडिङ विश्वविद्यालयका पोषण विशेषज्ञको अनुसार फ्लाभेनलको लागि आहारमा चिया, स्याउ, बेरी, अङ्गुर समावेश गर्न सकिन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित अनुसन्धानका अनुसार लामो समयसम्म फ्लाभेनलको सेवनले स्मरण शक्तिमा पनि सुधार ल्यान सक्छ ।

दुई हजार जना (५२ प्रतिशत महिला) मा गरिएको अनुसन्धानले फ्लाभेनलको सेवनले अल्जाइमर र डिमेन्सिया, स्मृतिसँग सम्बन्धित रोगको जोखिमलाई कम गर्ने देखाएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here