ग्लोबल आइएमई बैंकले आईएफसीसँग दुई करोड डलर ऋण लिने

काठमाडौं, १२ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ ।

ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधवार बैकमा आयोजित एक समारोहका बीच सम्झौता आदानप्रदान गरेका हुन् ।

सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैया) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेे छ ।

सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानी योग्य पूँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको जानकारी दिएको छ ।

आईएफसीबाट ल्याइने ऋmणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने योजना रहेको बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here