बुद्धभूमीको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, २२ असोज । बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको बाँडफाँड आइपीओ भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलले शुक्रबार बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

मागभन्दा बढी आवेदन परेको यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

आइपीओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाको आवेदन परेकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको छ ।

२० लाख १४ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ५६ हजार ५ सय ५५ जना हात खाली भएका छन् ।

म्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । बुद्धभूमिको नतिजा

बुद्धभूमि नेपाल हाइड्रोको वेबसाइट https://buddhabhumihydro.com/, बिकी प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here