एकीकृत समाजवादीको हाइकमाण्डबाट रामकुमारी झाँक्री आउट !

काठमाडौं, २२ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले ११ केन्द्रीय सचिवालय गठन गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष नेपालको नेतृत्वमा सो सचिवालय गठन गरेको हो ।

नेकपा एमालेको विधान महाधिवेशनले पार्टीमा अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू रहेको सचिवालय संरचना रहने विधान पारित गरेलगत्तै नेकपा एसले पनि सोही संरचनाको अभ्यास थालेको छ ।

सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मुकुन्द न्यौपाने छन् । राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई सचिवालयमा रहने भएका छन् ।

त्यस्तै पार्टीका महासचिव बेदुराम भुसाल र उपमहासचिवहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र गंगालाल तुलाधर केन्द्रीय सचिवालयमा छन् ।

पछिल्लो समय जल्दोबल्दो रुपमा देखिएकी नेत्री रामकुमारी झाँक्री भने सचिवालयमा नरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here