मनसुनमा स्वस्थ रहन के खाने के नखाने ? थाहापाइराखाैं

मनसुनको समयमा हामीलाई विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी सम्स्याहरुले सताउने गर्छ । विशेषगरी खाना र फोहोर पानीको कारणले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

मनसुनमा वर्षा सँगै धेरै प्रकारका रोगका किटाणुहरु पनि सक्रिय हुने गर्छन् । यस्तोमा हामीले खानेकुराहरुमा उचित ध्यान नदिँदा विभिन्न प्रकारका समस्याहरु हुने गर्छ ।

यस समयमा आउने पानीको कारण गर्मीबाट लागि केही राहत त प्राप्त हुन्छ तर, पानीसँगै विभिन्न प्रकारका रोगका किटाणुहरु पनि आउने गर्छन् ।

मनसुनको समयमा विशेषगरी जन्डिस, डेंगु जस्ता रोगहरु फैलने गर्छ । त्यस्तै हिलो र फोहोरका कारण घाउ खटिराहरु सम्भावना पनि अत्यन्त धेरै हुने गर्छ ।

त्यसैले मनसुनमा स्वस्थ रहन हामीले विशेष ध्यानदिनुपर्छ । निम्न ७ उपाय अपनाएमा हामी मनसुनमा पनि स्वस्थ रहन सक्छौं ।

१. बाहिर सडकपेटीमा बेच्न राखिने खरबुजा, तरबुजा, आँप जस्ता फलफूलका साथै लस्सी, पानीपुरी, चटपट जस्ता जस्ता खानेकुराहरु धेरै खानु हुँदैन् । यसको कारण पेटमा इंन्फेक्सन हुन सक्छ ।

२. वर्षायाममा फोहोर पानीका कारण पनि धेरै बिरामी पर्ने गर्छन् । त्यसैले हामीले सँधै उमालेको पानी पिउनुपर्छ । उमालेको वा फिल्टर गरेको पानीमा हाम्रो शरीरलाई प्रभाव पार्ने किटाणुहरु हुँदैनन् ।

३. मनसुनमा हाम्रो शरीरको पाचन प्रक्रिया कमजोर हुन्छ । त्यसैले यस मौसममा तारेको खानेकुरा खानबाट बच्नुपर्छ । हाम्रो शरीरमा यस्ता खानेकुराले अपच हुने तथा पेटसम्बन्धी समस्याहरु हुने गर्छ ।

त्यसकारण यस्तो घरमै बनाइएका खानेकुरा खानुपर्छ । बाहिर खानुपरेमा चिल्लो र मसला कम भएका खानेकुरा खानुपर्छ ।

४. खासगरी बजारका खाना, फलफुलको रस, तरकारीहरु खाँदा विचार गर्नुपर्छ । किनकी यस्तो सामग्रीहरुमा कस्तो पानीको प्रयोग भएको छ भन्ने बारेमा हामीलाई थाहा हुँदैन ।

प्रदुषित पानी प्रगोग भएको अवस्थामा हाम्रो शरीरमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।

५. साग, करेला, काउली बन्दा र जरा भएका तरकारीहरु पकाउन भन्दा पहिले राम्रोसँग धुनुपर्छ । मनसुनको समयमा करेला, साग लगायतका हरिया तरकारीहरु धेरै मात्रामा खानुपर्छ । यस्ता खानेकुराहरु खाएमा हाम्रो पाचन प्रक्रिया पनि स्वस्थ हुने गर्दछ ।

६. माछा, सीफुड, काँचो र आधा पाकेको अण्डा खानु हुँदैन् । यस्तो खानेकुराको कारण हाम्रो स्वास्थ्यमा समस्या निम्तन्छ ।
यसको सट्टा खिचडी, सुप जस्ता खानेकुराहरु सजिलै पच्छ ।

७. मसालेदार, पिरो र अमिलो खानेकुराहरु खानु हुँदैन । यस्तो खानेकुराको कारण हाम्रो शरीरमा धेरै तापक्रम बढ्छ । यसको कारण विभिन्न समस्याहरु हुने गर्दछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here