एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद खुल्यो

काठमाडौं, २५ असोज । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर विक्री खुला भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर विक्रिमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता १०० रुपयाँ दरले २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर विक्री खुला गरेको हो ।

बैंकको हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिन पाइने छ । बैंकको हकप्रदमा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालय, धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था सम्पूर्ण शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि बैंकले असोज १ गतेदेखि बुकक्लोज गरेको थियो। सोअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here