मुगु बस दुर्घटनाः मृतकको संख्या २४ पुग्यो, १५ घाइते

काठमाडौं २६, असोज । मुगुको छायानाथरारा नगरपालिका–७ पिनाटप्लेखोलामा मंगलबार भएको बस दुर्घटनामा मृतकको संख्या २४ पुगेको छ । बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ३९ यात्रु सवार थिए । दसैं मनाउन घर जान लागेका यात्रुहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी २२ जनाको घटनास्थलमै मृत्यु भएको र थप २ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा ७ महिला, १६ पुरुष र एउटा बच्चा रहेका छन् । अधिकांश घाइते गम्भीर भएकाले र मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागेको बताइएको छ ।

बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार गाडीमा भारतबाट मजदुरी गरेर आएका र विद्यार्थीहरु बढी थिए । मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here