धितो लिलाममा कडाइ, भाखा नाघेको ६ महिनापछि मात्र लिलाम गर्न पाइने

काठमाडौँ २७, असोज । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई धितो लिलामीमा कडाइ गरेको छ । एकीकृत निर्देशिका, २०७७ संशोधन गरी राष्ट्र बैंकले धितो लिलाममा बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको हो । अब बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि भाखा नाघेको ६ महिनापछि मात्र धितो लिलामी प्रक्रिया सुरु गर्न पाउने भएका छन् ।

‘एक वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई कम्तीमा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

यसअघि मनपरी रूपमा असुलीको प्रक्रिया सुरु गरेर धितो लिलाम गर्दै आएका थिए । यो विषयमा राष्ट्र बैंकमा पनि थुप्रै गुनासो परेका थिए । तिनै गुनासा र राष्ट्र बैंकले फेला पारेको तथ्यका आधारमा धितो लिलामी प्रक्रियामा केही कडाइ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here