न्यादी हाइड्रोपावर आइपीओ बाँडफाँड कहिले ?

काठमाडौं, २ कात्तिक । न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आइपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटको अनुसार मंगलबार अलोटमेन्ट सम्पन्न गरी यसैसाता बाँडफाँड गर्ने तयारी गरेको हो ।

यद्दपि, समय र स्थानको भने टुंगो भने लागिसकेको छैन । आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ ।

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ।

कम्पनीको आइपीओमा पछिल्लो तथ्यांक अनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here