घरमै बसीबसी कसरी पैसा कमाउन सकिन्छ ? यसाे गर्नुस्

काठमाडौं । सबै मानिसहरूको सोच एकै प्रकारको हुँदैन । मानिसहरू आफनो जीवन आफ्नै हिसाबले बाँच्न चाहन्छन् ।

केहि मानिसहरू जागिर खान्छन् र महिनामा ३० दिनसम्म काम गरेर आफ्नो जीवन चलाईरहेका हुन्छन् भने केहि भने व्यापार व्यावसाय गर्छन् ।

तर, केहि यस्ता मानिसपनि हुन्छन् जो ती काम मन पराउँदैन् । उनीहरू सँधै नयाँ नयाँ चिज गर्न चाहन्छन् ।

उनीहरू थोरै पैसा भए पनि आफ्नै हिसाबले स्वतन्त्र भएर पैसा कमाउन चाहन्छन् ।

इन्टरनेटको विकास र प्रयोगको कारण आज हाम्रो सामु यस्ता धेरै प्रकारका सुविधाहरू छन् जसको प्रयोग गरेर हामी घरमै बसीबसी सजिलै पैसा कमाउन सक्छौं ।

तपाईं पनि अफिसमा महिना भर कामगरेर धरै प्रकारको धेरै मेहनत गर्नु पर्ने र विभिन्न प्रकारका टेन्सन सहनु पर्ने कामलाई छाडी थोरै पैसाको भए पनि आफ्नै काम गर्न चाहानु हुन्छ भने यी वेब साइटहरू तपाईको लागि उपयुक्त हन सक्छन् ।

हामीले इन्टरनेट चलाउँदा विभिन्न किसिमका अनलाइन जबका विज्ञापनहरू देख्न सक्छौं । तर, ती साइटहरू कति विश्वासिलो र सत्य छन् भन्ने विषयमा ध्यान दिनु अत्यन्त आवश्यक छ । शीप छैन वा कमजोर महसूस गर्नुहुन्छ भने आजैदेखि क्षमता बढाउनतिर लाग्नुहोस् ।

पैसा कमाउने सजिलो बाटो थाहा नहुँदा मानिसहरु अनेक ठाउँमा भौतारिने गरेका छन् । इन्टरनेटको विकास र प्रयोगको कारण आज हाम्रो सामु यस्ता धेरै प्रकारका सुविधाहरू छन् जसको प्रयोग गरेर हामी घरमै बसीबसी सजिलै पैसा कमाउन सक्छौं ।

यहाँ सजिलै पैसा कमाउने केही यस्ता सजिला उपायको बारेमा चर्चा गरिएको छ ।

युडिमी

यो वेबसाइट पनि युट्यूब जस्तै हो । तर यसमा एउटा कुरा मात्रै फरक हुन्छ जुन हो यसमा ज्ञान र प्रेरणादायी सामग्रीहरू मात्रै हुने गर्दछ ।

यो साइटमा भिडियो हेर्नको लागि पैसा तिर्नु पर्दछ ।

तपाई पनि कुनैपनि बौद्धिक सामग्रीहरू निर्माण गरेर यो वेब साइटमा अपलोड गरी पैसा कमाउन सक्नु हुन्छ ।

फेसबुक

फेसबुकको बारेमा त हामी सबैलाई थाहा नै छ । हामी दैनिकरूपमा फेसबुकमा भिडियो पनि देख्ने गर्दछौं ।

फेसबुकले भिडियोको लागि नै भनेर छुट्टै एक सेक्सन पनि बनाएको छ । फेसबुकले अब भिडियोहरूमा विज्ञापन हुने पनि व्यवस्था गरेको छ । जसको मद्दतले तपाईं पैसा कमाउन सक्नु हुन्छ ।

फेसबुकमा युट्यूबमा जस्तो आफै भिडियो बनाउनुपर्ने व्यवस्था पनि हुदैन् ।

पैसा कमाउनको लागि आफ्नो एउटा पेज बनाई विभिन्न समयमा भाईरल भएका भिडियोहरू अपलोड गरि आफ्नो पेजमा विज्ञापनहरू राखेर पैसा कमाउन सक्नुहुन्छ ।

यसको साथै तपाइको फेसबुक पेजमा राम्रो लाईक छ भने त्यस्ता पेजहरूमा एफिलिएट मार्केटिङ गरि पैसा कमाउन सक्नुहुन्छ ।

वेबसाइट डिजाइन

तपाईसँग वेबसाइट डिजाइन गर्ने सीप छ भने घरमै बसेर विभिन्न कम्पनीमा काम गर्न सक्नुहुन्छ । यसको लागि तपाईसँग प्रोग्रामिङको ज्ञान हुन आवश्यक छ ।

वेबसाइट डिजाइन गर्न HTML,CSS, JAVA SCRIPT, PHP आदिको ज्ञान भएपछि एउटा राम्रो वेबसाइट डिजाइन गर्न सकिन्छ । वेबसाइट बनाउन Sublime, VsCode, Notpadd++ तथा अन्य टेक्स्ट इडिटर प्रयोग गर्न सक्नुहुन्छ ।

ब्लग

यदि तपाईंसँग भिडियो बनाउने स्रोत वा ईच्छा छैन् भने गूगलको ब्लगर सेवाको फाईदा उठाउँदै पैसा कमाउन सक्नुहुन्छ ।

यसको लागि गुगलमा तपाइले ब्लग बनाई त्यसमा आर्टिकल लेख्नु पर्दछ । यसमा आफुलाई मन पर्ने विषयमा आर्टिकल लेख्न पाउने व्यवस्था रहेको छ ।

यसमा सबैभन्दा राम्रो कुरा के हुन्छ भने ब्लग राखे बापत कुनै पैसा दिनु पर्दैन् । गुगलमा ब्लग राखेको केहि समयपछि त्यसमा विज्ञापन राखि पैसा कमाउन सकिन्छ ।

ब्लगको मद्दतले धेरै मानिसहरूले पैसा पनि कमाईरहेका छन् । ब्लगमा पैसा कमाउनको लागि तपाई गुगल एडसेंस, एफिलिएट मार्केटिङ, प्रोडक्ट प्रमोशन जस्ता कम्पनीहरूको प्रयोग गर्न सक्नु हुन्छ ।

युट्यूब

यूट्यूब अनलाइनमा पैसा कमाउनको लागि सबैभन्दा राम्रो र सजिलो माध्यम हो । विदेशमा मात्रै नभएर नेपालमा पनि कतिपय व्यक्तिह?ले यूट्यूबको भिडियो मार्फत महिनाको लाखौं पैसा कमाइरहेका छन् ।

यूट्यूबमा तपाई कुनैपनि विषयमा भिडियोहरू बनाएर पैसा कमाउन सक्नुहुन्छ ।

युट्यूबमा एक हजार सब्सक्राइबर र दश हजार भन्दा धेरै पटक भिडियो हेरेपछि पैसा पाउँने व्यवस्था रहेको ।

यसको साथै एक हजार सब्सक्राइबर र ४ हजार भन्दा धेरै घण्टा भिडियो हेरेपछि तपाइको यूट्यूब पेजमा विज्ञापन राख्न पाउने व्यवस्था पनि युट्यूबले प्रदान गरेको छ ।

यसको अलवा तपाइ आफ्नो च्यानलमा प्रायोजित भिडियो पनि बनाउन सक्नुहुन्छ ।

साथै अनलाईन गेम (पब्जी, फ्रि फायर) आदी खेल्नुहुन्छ भने त्यसको भिडियो यूट्यूबमा अपलोड गरेर पनि तपाईं महिनाको लाखौं कमाउन सक्नुहुन्छ । नेपालकै फोर के र टुबी ग्यामरले मासिक लाखौं कमाउने गरेका छन् ।

डिजिटल मार्केटिङ

डिजिटल मार्केटिङमा काम गर्न तपाईंसँग सोसल मिडिया, सर्च इन्जिन अप्टिमाइजेशन, इमेल मार्केटिङ तथा अन्य माध्यमको ज्ञान हुनुपर्छ ।

यदि तपाईंसँग यस्तो ज्ञान छैन भने अनलाइनबाट हासिल गर्न सक्नु हुनेछ । प्रतिस्पर्धाको युगमा सबैसँग प्रतिस्पर्धा गर्न र आफ्नो बिजनेश बढाउन अब हरेक कम्पनीलाई डिजिटल मार्केटिङको आवश्यकता पर्दछ ।

डिजिटल मार्केटिङ सिक्न अनलाइन माध्यम outube, Edx, Udemy र Google मा थुप्रै कोर्सहरु प्राप्त गर्न सक्नुहुनेछ ।

किताब

यदि तपाइको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ। मात्र एक बेस्ट सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here