तीन महिनामा १ खर्ब २२ अर्ब लगानीको उद्योग दर्ता, ८ हजारलाई रोजगारी प्रस्ताव

काठमाडौं, ४ असोज । चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा सवा १ खर्ब बढी लगानीका ८७ नयाँ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि असोज ३१ गतेसम्म विभिन्न ८७ उद्योगमा १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

विभागमा दर्ता भएका ८७ उद्योगमध्ये २६ वटा ठूला, ३४ वटा मझौला र २७ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ८ हजार १ सय ३८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

यसमध्ये १०७ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने २४ अर्ब रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।

विदेशी प्रस्तावित लगानी परियोजनामा ७ हजार १ सय ९५ जनाले रोजगारी पाउने छन्। तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा ५ वटा डिजाइन दर्ता र ९१० वटा टेड्रमार्क दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here