दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, ४ कात्तिक । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २१६ कम्पनीको २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ३ वटाको परिसूचकमा हरियाली छाएको छ । भने १० वटाको परिसूचक घटेको छ । कुल ३० कम्पनीको मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

अन्य उपसमूह ११ अंक बढ्यो । बैंकिङ ७, ब्यापार ६७, होटल तथा पर्यटन ५८, विकास बैंक ९४, जलविद्युत ४६, फाइनान्स ४६, निर्जीवन बीमा २३, उत्पादन १०५, माइक्रोफाइनान्स १४ र जीवन बीमा उपसमूह १०५ अंकले घटेका छन् ।

जोशी हाइड्रो र गुडवील फाइनान्स शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । मेरो माइक्रो फाइनान्स लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here