बाढीपहिरोमा मुलुकभर ९७ को मृत्यु, ३५ वेपत्ता

काठमाडौं, ५ कात्तिक । मनसुन सकिएपछि परेको उच्च वर्षाका कारण सिर्जित बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार शुक्रबार बिहान ७ बजेसम्ममा ३५ जना बाढी र पहिरोमा परी वेपत्ता भएका छन् ।

विपत्तिमा परि ३२ जना घाइते भएका छन् भने ७८ घरमा पूर्ण क्षति पुगेको छ ।

कात्तिक ३ गते बुधबार सबैभन्दा बढीको ज्यान गएको केन्द्रले जानकारी दिएको छ । सो दिन मात्रै ६३ जनाको मृत्यु भएको थियो भने २५ वेपत्ता भएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् र पीडितलाई राहतको घोषण पनि सरकारले गरेको छ । त्यस्तै घर गुमाउनेहरुलाई रु. ३ लाख देखि रु. ५ लाखसम्म सहुलियत दिने पनि बताइएको छ ।

झरीका कारण किसानले काटेर खेतमा सुकाएको घान डुब्दा करोडौंको क्षति भएको छ । क्षतिको यकिन विवरण आउन भने बाँकी छ यद्यपि विज्ञहरुले २० प्रतिशत उत्पादन प्रभावित भएको बताएका छन् ।

धानकै कारण कुल गार्हस्थ उत्पादन तलमाथि पर्न सक्ने पनि उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here