नेपाल बैंकको सञ्चालकमा नियुक्त रितेशकुमार शाक्यले लिए शपथ

काठमाडौं, ५ कात्तिक । नेपाल बैंक लिमिटेडको सञ्चालकमा रितेशकुमार शाक्य नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सहसचिव शाक्यलाई बैंकको सञ्चालक समिति सदस्य पदमा नियुक्त गरिएको हो ।

यसअघि उक्त पदमा सुमन दाहाल रहेका थिए । अब उनको सट्टा मन्त्रालयका सहसचिव शाक्यले बैंकको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।

नवनियुक्त सञ्चालक शाक्यलाई विहीबार सञ्चालक समितिको अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष अर्यालले नवनियुक्त सञ्चालकलाई स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य शाक्यको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

नियुक्त सञ्चालक सदस्य शाक्यले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा प्रशन्नता व्यक्तगर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने वचनवद्धता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here