थप ५१३ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

काठमाडौं, ६ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९७२ पीसीआर परीक्षण गर्दा ४३८ जना र १९५९ एन्टिजेन परीक्षण गर्दा ७५ गरी ५१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८ हजार ५३४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८१७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८६हजार ६३० पुगेको छ । संक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here