नुवाकोटमा ६४ जनाको परीक्षण गर्दा ५८ जना कोरोना संक्रमित भेटिए

काठमाडौं, ६ कात्तिक । नुवाकोटमा कोरोना संक्रमण बढेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा ३४ जना पुरुष र २४ जना महिला गरी ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

६४ जना मध्ये ५५ जनाको पीसीआर र ३ जनाको एन्टिजेन परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

थपिएका मध्ये सबैभन्दा धेरै विदुर नगरपालिकामा ३६ जना रहेका छन् । बेलकोटगढी नपामा ३ जना रहेका छन् । यो सहित नुवाकोटमा संक्रिय संक्रमितको संख्या ७६ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here