टी-२० विश्वकप: भारत पाकिस्तानसँग १० विकेटले पराजित

काठमाडौं, ८ कात्तिक । आईसीसी टी-२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ ।

भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानले विश्वकपमा भारतविरुद्ध निकालेको यो पहिलो जित हो।

भारतविरुद्ध पाकिस्तानलाई ऐतिहासिक जित दिलाउन कप्तान बाबर अजाम र मोहम्मद रिजवानले कीर्तिमानी साझेदारी गरे।

१५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले लागि १७.५ ओभरमा बिना क्षति भेट्टायो। उसका लागि अजाम र रिजवानले १५२ रनको साझेदारी गरे।

\रिजवानले ५५ बलमा ६ चौकार ३ छक्का प्रहार गर्दै सर्वाधिक ७९ रन बनाए। त्यस्तै, अजामले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाए।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनायो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कोहलीको यो टि-२० विश्वकपमा १०औं अर्धशतक हो।

यस्तै, ऋषव पन्त ३९ रनमा बनाउँदा रविन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादव र हार्दिक पान्डयले समान ११ रन बनाए। पाकिस्तानका साहिन शाह अफ्रिदीले ३ विकेट तथा हसन अलीले २ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here