मेसी युगपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना घरेलु मैदानमै पराजित

काठमाडौं, ८ कात्तिक । लियोनल मेसीले बार्सिलोना छोडेपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको छ ।

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनारियलसँग क्याम्प नाउमा २–१ गोल अन्तरले पराजित भएको हो ।

रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक–एक गोल गरेका थिए ।

करिब डेढ दशकभन्दा लामो समयपछि बार्सिलोना आफ्ना सर्बाधिक महानमध्ये एक खेलाडी मेसीविना एल क्लासिकोमा उत्रिएको हो ।

यस जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । रियलले ९ खेलमा २० अंक जोडेको छ । यता, पराजित भएको बार्सिलोना भने १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here