खर्च गर्न सकेन सरकार, अक्षमता ढाक्न तथ्यांक लुकाइयो

महालेखा नियन्त्रकको कार्यालयले गत आवको बजेटसम्बन्धी तथ्यांक लुकाएको छ ।

काठमाडौं, १० कात्तिक । बजेट परिचालनमा सरकार कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०७८।७९ को बजेट रु १६ खर्ब ४७ अर्ब ५७ करोडमध्ये मंगलबारसम्म १४.८७ प्रतिशत मात्र खर्च भएको छ । त्यो भनेको करीब रु. २ खर्ब ४५ अर्ब हो ।

त्यसमा पनि पुँजीगत खर्चको अवस्था ज्यादै दयनीय छ । वर्षको पहिलो त्रैमास सकिएर कात्तिक महिनाको ९ दिन बित्दासम्ममा मात्र ३.६४ प्रतिशत विकास बजेट परिचालन भएको महालेखा नियन्त्रकको तथ्यांकले देखाएको छ ।

चालु आवमा विकास बजेटको हिस्सा रु. ४ खर्ब ३५ अर्ब छ भने चालु खर्च रु. १० खर्ब ४ अर्ब छ ।

यसैवीच राजश्व संकलन भने लक्ष्यको एक चौथाइ भएको छ । कुल लक्ष्य रु. ११ खर्ब ५१ करोड ६० लाखमध्ये करीब ३ खर्ब रुपैयाँ सरकारले मंगलबारसम्म संकलन गरेको छ ।

चालु आवको बजेट परिचालन

तर असफलता लुकाउने प्रयास भने सरकारले थालिसकेको छ । कोरोना महामारीको वीचमै पनि गत वर्ष बजेट परिचालन अहिले भन्दा राम्रो देखिएपछि महालेखाको वेवसाइटबाट गत वर्षको तथ्यांक हटाइएको छ ।

बजेटमा राजनीति हुँदा प्रतिस्थापन विधेयक ल्याउन ढीला हुँदा पनि बजेट परिचालन कमजोर देखिएको हो । तर यथार्थ स्वीकार गर्नुभन्दा तथ्यांक लुकाएर कमजोरी छोप्न सरकार लागेको छ ।

विगतका सरकारहरुले आर्थिक वर्षको अन्त्यमा जथाभावि हुने बजेट परिचालन लुकाउन तथ्यांक हटाउने गरेका थिए । तर वर्तमान सरकारले भने पहिलो त्रैमासपछि नै त्यो अभ्यास थालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here