निर्जिवन बीमाको प्रिमियम बढाएर न्युनतम सिमा तोकिएकोबारे महासंघको विरोध

कात्तिक १०, काठमाडौं । निर्जिवन बीमाको प्रिमियम बढाएर न्यूनतम सिमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बीमा समितिले गत असोज ६ मा सबै निर्जिवन बीमा कम्पनीको लागि जारी गरेको गैर शुुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धी परिपत्रबाट निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेको थियो । सो कार्यको महासंघले भने विरोध गरेको छ ।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढन जाने महासंघको भनाई छ ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन् । यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघले माग गरेको छ ।

बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न समेत महासंघले आह्वान गरेको छ ।

खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मुल्य निर्धारण हुने हुदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ । साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here