नेपाली फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी नयाँ सम्झौताका लागि तयार

कात्तिक १०, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नयाँ सम्झौताका लागि तयार भएका छन् ।

उनले आफु नेपाल फर्कन लागेको सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग नयाँ सम्झौता गर्न सहमत भएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएशन (क्यूएफए) पदाधिकारीसँगको भेटपछि उनी नेपाल आउन तयार भएका हुन् ।

आफूलाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद भन्दै छिट्टै आगामी दुई वर्षको योजना सार्वजनिक गर्ने समेत जानकारी दिएका छन् । उनले नयाँ मिसनमा सफलताको कामना गर्दै लक्ष्य र आउँदो दुई वर्षको योजना छिट्टै प्रकाशित गर्ने उनको प्रतिवद्धता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here