६ महिनाभित्र सबै नेपालीलाई कोरोना खोप लगाउने लक्ष्यमा केन्द्रित हुन प्रमको निर्देशन

कात्तिक ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा उनले यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

‘दातासँग मागेर वा खरदि गरेर खोपमा कुनै कमी नहोस्’ उनले भने । सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ,’ बैठकमा देउवाले निर्देशन गरेका छन् । प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here