प्रधानमन्त्री देउवा बेलायत प्रस्थान, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुने

कात्तिक १२,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६० मा भाग लिन प्रधानमन्त्री बेलायत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौ पटक प्रधानमन्त्री भएपछी यसपटक को कार्यकालामा देउवाको यो पहिलो विदेश भ्रमण हो ।

बेलायतको शहर ग्लासगोमा आज देखि शुरु हुने सम्मेलन कात्तिक २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ । ट

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । टोली १८ गते स्वदेश फर्किने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here