ललितपुर प्रहरीलाई ग्लोबल आइएमई बैंकले दियो १० थान एलइडी टिभी

काठमाडौं, १२ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर प्रहरीलाई १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि ती सामग्री दिइएको बैंकले बताएको छ ।

शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई टेलिभिजन सेट हस्तान्तरण गरे ।

प्रहरीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्र्दै सीईओ बज्राचार्यले बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरुले सेवाग्राहीहरुलाई थप प्रभावकारीरुपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

त्यसैगरी वरिष्ठ प्रहरी उपरिक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको एक विज्ञप्तिमा बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here