मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण

काठमाडौं, १४ कात्तिक । मनकामना केवलकारले कम्पनीमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको छ ।

कोभिड–१९ नियन्त्रणमा सर्तकता अपनाउन तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले यस्तो व्यवस्था गरेको एक विज्ञप्तिमा जनाएको छ ।

मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठल जानकारी दिए ।

कम्पनीमा कार्यरत कर्मचारीहरुले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको पनि बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here