बहुराष्ट्रिय कम्पनीको नाफामा कम्तिमा १५ प्रतिशत कर लगाउन विश्वको ठूलो अर्थतन्त्र भएका मुलुक सहमत

Photo : Brendan Smialowski/Pool via Reuters

१५ कात्तिक, काठमाडौं । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरु ठूला व्यवसायको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउन सहमत भएका छन् । उनीहरुले यससम्बन्धी एक विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेको बीबीसीले लेखेको छ ।

बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको समाचारमा उल्लेख छ । इटलीको रोममा जारी विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले उक्त सम्झौतामा सहमति जनाएका हुन।

सम्मेलनमा छलफल हुने विषयवस्तुमा जलवायु परिवर्तन र कोभिड पनि छन्। कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो। तर १९ वटा राष्ट्र र युरोपेली सङ्घ सदस्य रहेको जी-ट्वेन्टी समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी छैनन्।

चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भिडियो लिङ्क मार्फत सहभागिता जनाएका छन्। यस्तो प्रस्ताव अमेरिकाले प्रस्ताव गरेको हो । यसको लागु भने सन् २०२३बाट हुने बीबीसीले समाचार संस्था रोयटर्सलाई उदृत गर्दै लेखेको छ ।

अमेरिकी अर्थ मन्त्री जानेट यालेनले ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षणु रहेको र र यसले ुुकर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्ने बताएकी छिन् ।

ट्विटरमा लेख्दै उनले अमेरिकाका ठूला कम्पनीहरूले बढी कर तिर्नुपर्ने भए पनि अमेरिकी व्यवसाय र श्रमिकहरूलाई कर सम्बन्धी सम्झौताबाट लाभ हुने उल्लेख गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here