आज तिहारको चौथो दिन, गोवर्धन पुजा

tihar

कात्तिक १९, काठमाडौं । आज तिहारको चौथो दिन गोवर्धन पुजा । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।

गाईलाई लक्ष्मीको रुपमा पूजा गरिन्छ । त्यसो त नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेको छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

आज गाईको पूजा गरी मीठा मीठा परिकार खान दिइन्छ ।

आज गाई पूजा गरी जनै पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here