राष्ट्रिय जीडीपीमा कृषि क्षेत्रको धेरै योगदान प्रदेश १ को, सबैभन्दा कममा कर्णाली

फाइलफोटो

काठमाडौं, २२ कात्तिक । नेपालको अर्थतन्त्रमा कुन क्षेत्रले कति योगदान दिएको होला ? यसमा सबैको चासो हुनु स्वभाविक हो ।

यस विषयमा अध्ययन गर्ने सरकार मातहतकै संस्थाले कुन क्षेत्रको अर्थतन्त्रमा कति योगदान छ भनेर एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निर्माण क्षेत्रको योगदान बढ्दै गएको छ। नियमित निर्माणका काम अतिरिक्त भूकम्पपछिका पुनर्निर्माणका कामलेसमेत गति लिएपछि निर्माण क्षेत्रको योगदान बढेको देखिन्छ।

निर्माणका कामले गति लिएसँगै निर्माण सामग्रीको उत्पादन तथा आयातमा समेत वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदन अनुसार कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को योगदान सबैभन्दा बढी २१.५ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ५.२ प्रतिशत रहने अनुमान रहेको छ ।

त्यसैगरी, मुलुकको समग्र औद्योगिक उत्पादनमा प्रदेश नं. १ को उद्योग क्षेत्रको योगदान १९.५ प्रतिशत रहने अनुमान छ भने बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३०.५ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ३.३ प्रतिशत रहने अनुमान छ ।

यसैगरी, मुलुकको कुल सेवा क्षेत्रमा प्रदेश नं. १ को योगदान १२.६ प्रतिशत रहने अनुमान छ भने बागमती प्रदेशको सबैभन्दा बढी ४६.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ३.७ प्रतिशत योगदान रहने अनुमान छ ।

बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको हिस्सा मुख्य रहेको छ भने तीव्र शहरीकरण, बढ्दो जनसंख्या, अधिक व्यापारिक कारोबार हुने भएकोले बागमती प्रदेशकोथोक तथा खुद्रा व्यापार क्षेत्रको हिस्सा सबैभन्दा बढी देखिन्छ ।

प्रदेशगत रुपमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ४.६५ प्रतिशत रहेको अनुमान छ भने प्रदेश नं.२ को आर्थिक वृद्धिदर सबैभन्दा कम ३.५१ प्रतिशत रहेको अनुमान छ ।

अघिल्लो वर्षको सोही अवधिमा बागमती प्रदेशको आर्थिक वृद्धिदर ३.७० प्रतिशत रहेको थियो भने प्रदेश नं. २ को आर्थिक वृद्धिदर १.७ प्रतिशतले ऋणात्मक रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here