दुई कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं, २२ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबारदेखि दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले सोमबार एक सूचना जारी गर्दै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको जनाकारी दिएको हो ।

रिडी र रैराङले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि रैराङको शेयर बजार कारोबार रोक्का हुने नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here