टी–२० विश्वकप: सेमिफाइनल दौडबाट बाहिरिएको भारतको सान्त्वना जीत

काठमाडौं, २३ कात्तिक । आइसिसी टी–२० विश्वकपको अन्तिम खेलमा भारतले सान्त्वना जीत निकालेको छ ।

सेमिफाइनल दौडबाट बाहिरिएको भारतले सुपर–१२ को अन्तिम खेलमा नामिबियालाई ९ विकेटले पराजित गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा नामिबियाले जीतका लागि दिएको १३३ रनको लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर १३६ रन बनायो ।

भारतका लागि के एल राहुलले नटआउट ५४ र सूर्यकुमार यादवले २५ रन बनाउन सफल भए । रोहित शर्मा ५६ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि डेविड वाइजले २६ र स्टेफिन ब्राडले २१ रन बनाए ।

बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३/३ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here