आइएमईको ‘वर्ड भ्रमण विथ साइग्रेस’ शुरू

काठमाडौं, २३ कात्तिक । आईएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ ।

नेपालका सातवटै प्रदेशका मुख्यमुख्य सहरहरूमा कात्तिक २३ देखि मंसिर १७ गतेसम्म सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सहि सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्नेछन् ।

कार्यक्रमको टिकेटिङ पार्टनर ‘आईएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेजमेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर ‘रुटिन अफ नेपाल बन्द’ ‍रहेकाे छ ।

यस कार्यक्रम ‘आईएमई लिमिटेड’ र ‘आईएमई पे’का आधिकारिक सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, लिंकेडिन पेजहरूका अतिरिक्त साइग्रेसकाे अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here