दक्षिण काेरियामा राेजगारीकाे लागि १२ हजारले पास गरे भाषा परीक्षा

काठमाण्डौ, १३ असार । दक्षिण काेरियामा राेजगारीकाे लागि गत जेठ २५ र २६ गते लिइएकाे कोरियन भाषाकाे इपिएस परीक्षा १२ हजार ९ जनाले पास गरेका छन् ।

इपिएस शाखाका प्रवक्ता शाेभाकर भण्डारीका अनुसार कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ परीक्षार्थी पास भएका
हुन् ।

४० वटा प्रश्न साेधिएकाेमा कृषि क्षेत्रमा ३७ वटा प्रश्नकाे सहि उत्तर दिने र उत्पादनमूलक क्षेत्रमा ३८ वटा प्रश्नकाे सहि उत्तर दिने परिक्षार्थी पास भएका छन् । नम्बरभन्दा माथि ल्याउने उत्तीर्ण भएका छन् ।

परीक्षाको नतिजा http://epsnepal.gov.np मा गएर हेर्न सकिन्छ ।

याे वर्षकाे परीक्षामा ९२ हजार भन्दा बढी युवा सहभागी थिए । काेरियाले याे वर्ष नेपालीका लागि १० हजार ५० कामदारकाे काेटा ताेकेकाे छ । भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् ।

इपिएस मार्फत काेरिया जाने कामदारकाे पारिश्रमिक उच्च हुने भएकाले दक्षिण काेरिया नेपाली कामदारहरूकाे राेजाइकाे गन्तव्य बनेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here