थप ५३३ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १६९ संक्रमित

काठमाडौं, २३ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षण गर्दा ४४३ जना र १८१८ एन्टिजेन परीक्षण गर्दा ९० गरी ५३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५०९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here