ओपोले सार्वजनिक गर्यो अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रविधि

काठमाडौं, १३ असार । चिनीयाँ स्मार्ट फोन निर्माता कम्पनी ओपोले एमडब्ल्यूसी सांघाई २०१९ मा अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शन गरेको छ ।

साथै, ओपो उपकरणका विच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्जसम्म विना सेलुलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि ‘मेशटक प्रविधि’ पनि पहिलो पटक प्रदर्शन गरेको छ ।

‘ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहज प्रयोग अनुभव प्रदान गर्न, उत्पादन तथा प्रविधिमा नवप्रबर्तनका लागि सदैव प्रतिबद्ध छ,’ ओपोका उत्पादन व्यवस्थापक काउ जियाडङले भने , ‘यूएससी र मेशटक भविष्य लक्षित ओपोका भिजनको एक अंश हो ।’

नयाँ पुस्ताका लागि नयाँ प्रविधिको फोन निर्माण गरेको ओपोले बताएको छ ।

यूएससी र मेशटक प्रदर्शनीका साथै ओपोले फाइभजी र आईओटी सम्बद्ध आफ्ना नविनतम उपलब्धी पनि प्रदर्शित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here