पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई पाक्षिक २ अर्ब ६२ करोड नोक्सान

काठमाडौं, २४ कात्तिक । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।

मूल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ ले बढेर १५७५ पुगेको छ ।

यस्तै, आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

१५ दिनमै २ अर्ब ६२ करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको जनाएको छ । इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here