काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस, जुम्लाको माइनसमा

काठमाडौं, २५ कात्तिक । उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि उपत्यकामा अघिल्ला वर्षको तुलनामा छिट्टै जाडो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस छ । उपत्यकाको हिजोको न्युनतम तापक्रम ९ र अस्ति ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो।

पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम अत्यन्तै न्युन छ। त्यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियसमा झरेको छ। यस्तै दोलखाको जिरीमा २ डिग्री सेल्सियस तापक्रम मापन भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कात्तिक २५ गते (बिहिबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कात्तिक २६ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कात्तिक २७ गते (शनिबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here