एकै दिन १३ सय रूपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं, २५ कात्तिक । नेपाली बजारमा सुनको भाउमा भारी वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

बुधवार प्रतितोला ९२ हजार ७०० कायम भएको छापावाल सुनको मूल्य विहीवार ९४ हजारमा कारोवार भएको छ । मंगलवार ९२ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२७० रुपैयाँ पुगेको छ। चाँदी बुधवार प्रतितोला १२५० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here