कोरोना प्रभावित अतिविपन्न परिवारलाई राहतका लागि निवेदन दिन १५ दिने सूचना (सूचनासहित)

काठमाडौं, २५ कात्तिक । सरकारले कोरोना महामारी प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्न योग्य परिवारबाट निवेदन आहृवान गरेको छ ।

कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई सरकारले राहतस्वरूप १० हजार रुपैयाँ दिन लागेको हो।

राहत रकम प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रूपमा बसोबासरत व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचनामा भनिएको छ।

कार्यविधि अनुसार योग्यता पुगेका परिवारले दाबी गरी तोकिएको ढाँचामा निवेदन पेस गर्न अर्थ मन्त्रालयले सम्बन्धित परिवारलाई आग्रह गरेको छ ।

निवेदन दिने व्यक्तिको बैंक खाता भने अनिवार्य हुनुपर्ने भएको छ । यस्तो खाताको विवरण निवेदन दिने समयमै बुझाउनु पर्ने छ ।

नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक), एकल महिला, दलित वा अपांग वा नेपाल सरकार र विदेशी सरकारको निवृत्तिभरण पाउने परिवारले समेत यो रकम दाबी गर्न सक्ने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here