राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले रित्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले बिहीवार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

अध्यक्ष पदमा इच्छुक र योग्य नागरिकलाई मंसिर ९ गतेभित्र दरखास्त दिन सक्नेछन् । दरखास्तको लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

बोर्डको अध्यक्ष बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर गरेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्ष अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा ३ वर्षसहितको अनुभव हुनुपर्नेछ ।

यसअघिका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चारवर्षे कार्यकाल गत असोजमै पूरा भएकाले बोर्डमा यो पद खाली छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here