पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्द घोषणा

काठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ ।

ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएका नेकपाका महासचिव विप्लवले प्रेस वक्तव्यमार्फत् जुलुल र बन्द सम्मको घोषणा गरेका हुन् ।

बिहिबार जारी गरिएको प्रेस वक्तव्य अनुसार २५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, र २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजामको घोषणा गरेको छ ।

त्यस्तै, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । विप्लवले तत्काल मूल्यवृद्धि फिर्ता लिन आव्हान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here