तीन महिनामा ११० उद्योग दर्ता, सेवामूलक र पर्यटन क्षेत्र रोजाइमा

काठमाडौं, २६ कात्तिक । नेपालमा पछिल्लो समय उद्योग क्षेत्रमा लगानी वृद्धि भएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ११० वटा उद्योग दर्ता भएका छन् । गत वर्षको सोही अवधिमा उद्योग विभागमा ९४ उद्योग दर्ता भएका थिए ।

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक तेस्रो सातासम्ममा कुल १ खर्ब ३० अर्ब ५७ करोड रुपैयाँ बराबर लगानीका ११० उद्योगहरु दर्ता भएको विभागले जनाएको छ ।

सो अवधिमा कृषि तथा वन्यजन्तु क्षेत्रमा ४, ऊर्जामूलक क्षेत्रमा १, सूचना तथा प्रविधि क्षेत्रमा ४, निर्माण क्षेत्रमा १८, सेवामूलक क्षेत्रमा ३१ र पर्यटन क्षेत्रमा ५२ उद्योग दर्ता भएका हुन् । यी उद्योगहरु संचालनमा आएपछि ७ हजार २८१ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो एक महिनामा २० अर्ब लगानीका २४ नयाँ उद्योग दर्ता भएका थिए ।

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि भदौ १ गतेसम्म विभिन्न २४ उद्योगमा २० अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here