रेडियो नेपालमा स्थायी जागिर खुल्यो

काठमाडौं, २६ कात्तिक । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले स्थायी सेवाका लागि आवेदन आह्वान गरेको छ ।

रेडियो नेपालले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन प्रकाशित गरेको हो ।

जसमा सातौं तहदेखि चौथो तहसम्मका लागि रेडियो नेपालले सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको छ ।

जसअनुसार रेडियो नेपालले तीन जना इन्जिनियर, दुई प्रशासकीय अधिकृत, दुई लेखा अधिकृत माग गरेको छ।

रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरेको छ। १/१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरिएको छ।

त्यस्तै, १-१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायन/वाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ।

रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ। योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here