प्रदर्शनकाबीच अर्को बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्।

जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश गरेका हुन्।

कडा सुरक्षाबिच प्रधानन्यायाधीश राणा सर्वोच्च प्रवेश गर्दै गर्दा मूल ढोका बाहिर रहेका बार सदस्यहरु भने राणाविरुद्ध नारा लगाइरहेका थिए।

बारले आज सर्वोच्चको कुनै पनि इजलासमा बहस नगर्ने निर्णय गरेको छ।

बिहीवार सर्वोच्च परिसरमा प्रहरी लगाएर आफूहरुमाथि नियोजित रुपमा राणाले दमन गरेको बारले आरोप लगाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here