थप ३९७ जनामा कोरोना पुष्टी, ३८९ जना संक्रमण मुक्त

काठमाडौं, २६ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १३४ पीसीआर परीक्षण गर्दा ३५५ जना र १९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here