थप ३०६ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं, २८ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ पीसीआर परीक्षण गर्दा २९१ जना र १५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ९६६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४४७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here