काठमाडौं, २९ कात्तिक । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
आइतबार राति सम्पन्न फाइनल खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टी २० विश्वकपको उपाधि जितेको हो।
फाइनल खेलमा टस हारेर ब्याटिङ न्युजिल्यान्डले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७२ रन बनाएको थियो। जवाफमा ७ बल बाँकी रहँदै दुई विकेटको क्षतिमा अस्ट्रेलियाले १७३ रनको लक्ष्य पुरा गर्यो।पहिलो पटक टी २० विश्वकपको उपाधि जितेको हो।
अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ द फाइनल मार्शले नटआउट हुँदै ७७ रन बनाए । उनले ५० बलमा ४ छक्का र ६ चौकाको मद्धतले उक्त योगफल बनाएका थिए ।
एक दिवसीय र टी–२० को अभागी टिम न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेर पनि उपाधिबाट विमुख हुन पुगेको हो । पहिलो टेष्ट च्याम्पियनशिप भने न्यूजिल्याण्डले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो ।