मिडिया र पत्रकारलाई अनुदानका लागी आवेदन खुल्ला, ३५ दिनभित्र निवेदन दिनु पर्ने

कात्तिक २९, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न क्षेत्रमा मिडिया र पत्रकारलाई अनुदानका लागी निवेदन आह्वान गरेको छ ।

मिडिया विकास कोषको आर्थिक वर्ष २०७८\७९ वर्षको बजेटमा स्वीकृत कार्यक्रम अनुसार सूचना जारी गरिएको हो ।

काउन्सिलको सूचना अनुसार तोकिएको सर्त पूरा गरी ३५ दिनभित्र काउन्सिलको कार्यालयमा निवेदन दिनु पर्ने छ ।

काउन्सिलले २० जिल्लामा एकरएकवटा दरले ल्याप्टप खरिदका लागि ४० प्रतिशत, पाँच जिल्लामा एकरएकवटा क्यामेरा खरिदका लागि ३० देखि ४० प्रतिशत र दुईवटा प्रेस स्थापनाका लागि अनुदान दिने छ । त्यसैगरी दुईवटा रेडियो स्थापना र प्रत्येक प्रदेशबाट दुई\दुई जनालाई इन्टरनेट जडानमा अनुदान दिनेछ ।

पत्रकारका लागि प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई लेखनवृत्तिमा अनुदान दिने छ । त्यस्तै स्नातकोत्तर तहमा सोधपत्र लेखनका लागि प्रत्येक प्रदेशबाट एकजना गरी ७ जनालाई अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको छ ।

सहायताका लागि एउटा मिडियाबाट एक जना पत्रकारले कुनै एक सुविधाका लागि मात्रै निवेदन दिन पाइने छ । त्यस्तै मिडियाहाउसको हकमा एक सुविधाका लागि मात्रै निवदेन दिन पाउनेछ ।

काउन्सिलले विशेषगरी दुर्गम, स्थानीय र यसअघि सुविधा नलिएका पत्रकार र सञ्चार माध्यमलाई प्राथमिकतामा दिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here