कारोबारको एक घण्टा:दोहोरो अंकले बढ्यो नेप्से, तेह्रथुम पावरमा पोजेटिभ सर्किट

काठमाडौं, २९ कात्तिक । साताको कारोबारको दोस्रोदिन कारोबार खुलेको एक घण्टा १२ बजेसम्ममा नेप्से २९ अंकले बढेको छ ।

यो सँगै परिसूचक २७१८.१६ को बिन्दुमा पुगेको छ । तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

कारोबारमा आएका २०९ कम्पनीको २२ लाख ६ हजार ९९९ कित्ता शेयर १५हजार ७३५ पटक खरिद बिक्री हुदाँ १ अर्ब २२ करोड ८४ लाख २० हजार २६० रुपैंया बराबरको कारोबार भएको छ ।

तेह्रथुम पावरको शेयर मूल्य ९.।९९ प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसँगै मूल्य ४३.९० रुपैयाँले बढेर ४८३.३० रुपैयाँ पुगेको छ । कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here