दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २९ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २६.४४ अंकले बढेर २७१५.५५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ बराबरको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये को परिसूचकमा हरियाली छाएको छ । दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मानुषी लघुवित्त र बोटलर्स नेपालको कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । भने तेह्रथुम पावर को शेयर धनीले ९.९९ प्रतिशत कमाएका छन् ।

बैंकिङ समूहको शेयर ०.९६ अङ्कले, विकास बैंकको १ सय ४१, होटलको ५८, फाइनान्स ५७ माइक्रोफाइनान्सको ६३ र जलविद्युत् समूहको शेयर ५० अङ्कले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर १०९ अङ्कले, जीवन बीमा समूहको ११३ अङ्कले, निर्जीवन बीमा समूहको २ सय १२ र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ । त्यस्तै, आज महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ४.४६ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ३५ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here